‘स्टारडम बोझ झैँ लाग्छ’ : अभिनेता ऋतिक रोशन

भूगाेल संवाददाता
१८ पुष २०७९, सोमबार ११:२४

भारतीय अभिनेता ऋतिक रोशनले आफ्नो ‘स्टारडम बोझ झैँ लाग्ने बताएका छन् ।

पहिलो फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रातारात प्रशंसकको मनमा छाएका थिए । उनको नृत्यलाई मन पराउने धेरै छन् । तर, फिल्म उद्योगमा नाम र चर्चा पाउँदा पनि ऋतिकलाई स्टारडम बोझ लाग्छ । यसबारे ऋतिक आफैँले खुलासा गरेका छन् ।

ऋतिकले भारतीय सञ्चार माध्यमसँगकाे एक अन्तरवार्तामा स्टारडमबारे खुलेर कुराकानी गरेका छन् । ऋतिकले भनेका छन्, ‘एक अभिनेताको रुपमा कसैले मेरो तारिफ गर्छन् वा मेरो बारे कुरा गर्छन्, तब निकै राम्रो लाग्छ ,म सुरक्षित महसुस गर्छु तर ,मानिसहरुको म प्रतीको आशा मलाई एक बोझ जस्तै लाग्छ ।’

ऋतिकले थप भने, ‘ तर यो सबैको लागि सत्य होइन । कलाकार हुनु जिम्मेवारी हो, यसका लागि म धेरै आभारी छु । मलाई गलत नठान्नुहोस्। म आभारी छु र म यो कुराको कदर गर्छु ।’

उनले भने ‘मलाई थाहा छ, यो स्टारडम मलाई दिइएको हो । यो मैले उपहारस्वरुप पाएको हुँ तर साथै यो एउटा बोझ पनि हो, जसलाई मैले बोकिरहेको छु । यसलाई कायम राख्न मैले असाध्यै मेहनत गर्नुपर्नेछ । म यसबाट अघि बढ्न चाहन्छु । तर यो एउटा यात्रा हो । जब कुनै अपेक्षा वा आशा हुँदैन तब एक अभिनेताको रुपमा म असाध्यै नै धेरै आनन्दित महसुस गर्छु ।’

अन्तर्वार्ता को क्रममा उनले आफ्नो सबैभन्दा राम्रो प्रस्तुती ‘कोई मिल गया’ मा रहेको र आफूलाई आफ्नो फिल्मी करियरमा सबैभन्दा बढी मन परेको फिल्म बताएका छन् ।