आहा रारा गोल्डकप : फाइनलमा पुग्न आज चर्च ब्वाइज र भुटानी युथ भिड्दै
काठमाण्डौ । आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्बल खेल्दैछन् ।
खेल पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । आजको विजेताले फाइनलमा सङ्कटा क्लबसँग खेल्नेछ ।
हिजो भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपीएफ क्लबलाई ४–१ गोलले हराउँदै सङ्कटा फाइनलमा पुगेको हो ।
फाइनल खेल पर्सि शनिवार हुनेछ । उपाधि विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।