आजदेखि हलमा ‘चि मुसी चि’ प्रदर्शनमा

भूगाेल संवाददाता
२२ पुष २०७९, शुक्रबार १२:४४

फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ आजदेखि प्रदर्शनमा आएको छ । हरर जनरामा आधारित यस फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतकाे अभिनय रहेकाे छ ।

हरर जनराको यस फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टाेलीले लिएकाे छ । मर्ण जेम्स  र यश साइनीको निर्देशनमा तयार यस फिल्मले हरर कन्टेनमा उठ्ने प्रश्नको जवाफ दिने बताइएको छ ।

अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गरेकी थिइन् । ‘निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’ लगायतका हरर फिल्ममा काम गरेकी छिन् । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ ।