नेपाल टी–२० लिगमा आज काठमाण्डाै र विराटनगर खेल्दै

भूगाेल संवाददाता
२५ पुष २०७९, सोमबार ११:०१

नेपाल टी–२० लिगमा आज काठमाण्डाै नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा पुग्न पहिलो क्वालिफायरमा पराजित भएको जनकपुर रोयल्ससँग भोलि खेल्नेछ । आज पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

हिजो जनकपुरलाई हराउँदै लुम्बिनी अल स्टार फाइनलमा पुगेको छ । फाइनल खेल पर्सि हुने छ । लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने छ । यस्तै उपविजेताले ३० लाख र तेस्रो हुनेले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ पाउनेछन् ।