रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

भूगाेल संवाददाता
२६ पुष २०७९, मंगलवार ११:२५

फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।

खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् । कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ ।

अर्जेन्टिनाले कतार विश्व कप जितेपछि १५ दिन बिदा लिएका मेस्सी अघिल्लो हप्ता पीएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् ।  रोनाल्डो हालै साउदी क्लब अल नासरमा अनुबन्ध भएका छन् ।