राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

भूगाेल संवाददाता
२८ पुष २०७९, बिहीबार १३:५७

सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगिताअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलामा आज बिहीवार भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमन्डलाई तीन–दुईकाे सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमन्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामन्डले २५–२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५–१० ले जित्यो ।

यसैगरी आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) कृष्ण एकेडेमी क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको एपीएफ कृष्ण एकेडेमीलाई तीन–शून्यकाे सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले पहिलो सेट २५–४, दोस्रो सेट २५–४ र तेस्रो सेट २५–३ ले जित्याे ।