बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा लाई स्वर्ण

भूगाेल संवाददाता
६ माघ २०७९, शुक्रबार १२:२४

नेपाली धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् ।

बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको म्याराथनमा निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी पुष्पाले दुई घण्टा ४८ मिनेट दुई सेकेन्डमा पूरा गरिन । उनी दोस्रो पटक च्याम्पियन बनिन । यसअघि सन् २०२१ मा पनि भण्डारीले स्वर्ण पदक जितेकी थिइन ।

म्याराथनमा श्रीलङ्काकी सुजनी परेरा दोस्रो भइन । उनी पुष्पाभन्दा २० सेकेन्डले पछि परिन् । नेपालकै विन्द्रा धान्के श्रेष्ठले तेस्रो स्थान हासिल गरेकी छन् ।