सहिद स्मृति मकवानपुर गोल्डकप माघ २९ गतेबाट हुने
पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ गतेबाट सुरु हुने भएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताबारे जानकारी दिएको हो ।
हेटौँडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा संचालन हुने प्रतियोगितामा दुई विदेशी टिम, ८ ए डिभिजन क्लब र दुई मोफसल टिमको सहभागिता रहने आयोजकले बताईएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताउनुभयो ।
यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फागुन ११ गतेसम्म संचालन हुनेछ ।