एशियन युथ–२२ बक्सिङमा आज नेपालकी सुष्मा तामाङ भिड्दै

भूगाेल संवाददाता
११ माघ २०७९, बुधबार ११:४३

थाइल्यान्डको बैंककमा जारी ए.एस.बी.सी एसियन युथ २२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा बुधबार नेपालकी सुस्मा तामाङले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दैछिन् ।

महिला ४८ केजी मुनीको तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी सुस्माले फाइनलमा उज्वेकिस्तानकी मुक्केबाज फार्जोना फोजिलोभाको सामना गदैैछिन् ।

थाइल्याण्डको बैंककमा हुने यो खेल नेपाली समय अनुसार आज दिउँसो पौने १ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा सुस्माले मंगोलियाकी बेसेन्बेई जानार्गुलीलाई आर.एस.सी.को आधारमा हराउँदै फाइनल प्रवेश गरेर इतिहास रचेकी थिइन् ।