फिल्म ‘भोला’ को दोस्रो टिजर सार्वजनिक

भूगाेल संवाददाता
११ माघ २०७९, बुधबार ११:४७

भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’ को दोस्रो टिजर सार्वजनिक भएको छ।

मंगलबार अजय देवगन फिल्म्स युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । यो अजयको डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा अजयले भोलाको भूमिका निवार्ह गरेका छन् भने, तब्बु प्रहरीको भूमिकामा देखिएकी छन् ।

सार्वजनिक टिजरमा एक बुवाले आफ्नी छोरीलाई १० वर्षमा दिन नसकेको कुरा एक रातमा दिन गरेको संघर्ष देखाएको छ ।

अजय देवगनले नै निर्माण गरेको फिल्ममा अजय र तब्बुसँगै दीपक दोबरियाल, गजराज राव, सञ्जय मिश्रालगायत कलाकारको अभिनय छ।

‘भोला’ दक्षिण भारतीय फिल्म ‘कैथी’ को रिमेक हो । यो फिल्म ३० मार्चदेखि प्रदर्शन हुनेछ ।