News Portal

पत्रकार महासंघ युएईका अध्यक्ष पक्राउ

भूगोल संवाददाता
६४ पटक

युएई । नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । व्यवसायिक लेनदेन सम्बन्धी विवादमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो ।युएईमा व्यवसाय समेत गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले पुष्टि गरेका छन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘पक्राउ परेको बारे बुधबार जानकारी आएको छ ।’ सापकोटाका अनुसार ती चिनियाँ ग्राहकसँग लिनु पर्ने पैसा नदिएपछि सामान्य विवाद भएको थियो । घटनामा चिनियाँ नागरिकको कान्छी औँलामा चोट लागेको छ । पीडितले प्रहरीमा उजुरी गरेपछि त्यसबारे बुझ्न जाँदा प्रहरीले उनलाई पक्राउ गरेको हो।

महासंघ पदाधिकारीले अध्यक्ष बस्यालसँग सम्पर्क गर्दा समेत आफू यूएई बाहिर रहेको बताउने गरेका थिए । बस्यालसँग दुईसाता अघि सामाजिक सञ्जालमा सम्पर्क भएको सापकोटाले बताए । त्यसयता उनीसँग महासंघ पदाधिकारीको सम्पर्क भएको छैन ।

बस्यालले यहाँ काम गर्दै आएको कम्पनी उनका दाई दिपकको हो । हाल उनी कतारमा व्यवसाय गर्दै आएको जनाइएको छ । हाल कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष लक्ष्मण खनाललाई दिइएको छ ।

व्यवसायिक कामले बाहिर जानुपर्ने कारण उल्लेख गरेर आफूलाई कार्यवहाकको जिम्मेवारी दिएको खनालले अनलाइनखबरलाई बताए । अध्यक्षको विषयमा बाहिर आएका घटनाका बारेमा महासंघले शुक्रबार कार्यसमितिमा छलफल गर्ने जनाएको छ ।

२०७५ माघ १८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...