News Portal

  • यिनले किन खेले खुर्सानीको तलाउमा पौडी ? (भिडियोसहित)

    भूगोल संवाददाता
    १०६ पटक

    काठमाडौं । दक्षिण चीनको हुनान प्रान्तमा वार्षिक रूपमा खुर्सानी प्रतियोगिता मनाइने गरेको छ । प्रतियोगितामा खुर्सानी खानुपर्छ अनि खुर्सानीको तलाउमा नुहाउनुपर्छ । एक व्यक्तिले तलाउमा नुहाए अनि एक मिनेटमा ५० वटा खुर्सानी खाइदिए ।

    उनलाई पुरस्कारस्वरूप २४ क्यारेट सुनको तीन ग्रामको सिक्का दिइयो । प्रतियोगिताको फाइनलमा १० जना पुगेका थिए । तीमध्ये सबभन्दा छिटो ५० खुर्सानी खाने मानिसलाई विजेता घोषित गरियो ।

    ताङ शुआइहुइ नामक व्यक्तिले पुरस्कार जित्नुबाहेक सबभन्दा छिटो पीरो खुर्सानी खाने कीर्तिमान पनि आफ्नो नाममा पारे । हुनानमा विगत दुई वर्षदेखि खुर्सानी प्रतियोगिता आयोजना गरिएको छ । यसको थिम लोकल पार्क राखिन्छ । प्रतियोगितामा जोखिम देखेर चिकित्सकहरूलाई पनि बोलाइन्छ ।

    खुर्सानी खाने प्रतियोगितामा मानिसहरूलाई खुर्सानी र पानी भरिएको एउटा तलाउमा छिर्न लगाइन्छ । तलाउमा तीन टन खुर्सानी हालिन्छ । खुर्सानी पनि चीनको विशेष पीरो राख्ने गरिन्छ । तर प्रतियोगीहरूलाई छालाको समस्या नहोस् भनी विचार गरिन्छ ।

    २०७५ माघ २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...