News Portal

हिमपातले एकाएक फेरियो मनाङको मौसम, हेर्नुहोस तस्बिरमा

भूगोल संवाददाता
८४ पटक

लमजुङ । हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । चिसो बढेसँगै मनाङमा हिमपात भएको हो । मनाङमा बिहीबार दिउँसो एक बजेदेिख हिमपात पर्न थालेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसोदेखि पर्न थालेको हिमपात शुक्रबार बिहान रोकिएको हो । माथिल्लो मनाङको ढुकुरपोखरी, पिसाङ, ङावल, घ्यारु, उपर मनाङ, खाङ्सार र टंकी मनाङलगायतका ठाउँमा रातभर भारी हिमपात परेको उनले बताए ।

शुक्रबार दिउँसो भने मनाङमा घाम लागेको उनले बताए । उनका अनुसार मनाङमा चिसो हावाहुरी चलेको छ । चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय घरभित्रै ढोका थुनेर बसेका छन् ।

‘मनाङमा हावाहुरी चलेको छ । चिसो छ । हामी कोठाभित्रै कोइला चुल्होमा आगो तापेर बसेका छौँ’, नेगमले भन्नुभयो, ‘अहिले मनाङको चामेको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुगेको छ ।’ उहाँका अनुसार हिमपात हुनुपूर्व चिसो हुरी चल्छ ।

२०७५ माघ १८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...