News Portal

  • रबिकी श्रीमती निकिताको पद धरापमा, बैठकमा उपस्थित नभएपछि मन्त्रीले लिए यस्तो एक्सन

    भूगोल संवाददाता
    ३९९ पटक

    काठमाडौं । रवी लामिछानेसँग दोस्रो बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयले बर्खास्त गर्ने तयारी थालेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नै उपस्थित हुने आइतबार बोलाइएको चौमासिक बैठकलाई पौडेलले बेवास्ता गर्दै जिम्मेवारीअनुसार उपस्थिति जनाएकी थिइनन् ।

    मन्त्री बास्कोटाले पौडेलसँग कडा स्पष्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका हुन् । चौमासिक समिक्षा बैठकमा बोर्डको प्रगति विवरण प्रस्तुत गर्ने जिम्मेवारी पौडेलको थियो ।

    उक्त विषय उठेपछि मन्त्री बास्कोटाले निकिताको उपस्थिति नदेखेपछि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई सोधेका थिए,‘बोर्ड अध्यक्षलाई खबर थिएन ? भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनु पर्ने, हैन भने स्पष्टिकरण सोधेर गोरखापत्रमा जस्तै पदबाट हटाउन पर्यो । अदालत गए जान्छन् । तर सँधै यसरी मनपरी गर्न पाउँदैनन् ।’

    श्रीमानसँग छुट्टिएर एक्लै बस्दै आएकी निकिताले रबीसँग यहि माघ ७ गते मात्रै प्रेमबिबाह गरेकी हुन् । उनी रबीकाी तेश्रो श्रीमती हुन् । रवीले यसअघि ईशा लामिछानेसँग बिहे गरेका थिए । निकितासंग प्रेममा परेपछि उनले जेठी ईशालाई डिभोर्स दिएका थिए । इशासँग बैबाहिक जीवनमा रहेकै अवस्थामा रवीले अर्की बिदेसी महिलासँग बिहे गरेर बच्चा समेत जन्माएका छन् ।

    लामिछानेले निकिता पौडेलसँग तेस्रो बिह्से ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् ।

    ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’ विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् ।

    ‘म कानूनीरुपमा रवीजीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहन्छु । मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहनेछ । खाली यति भन्न चाहन्छु कि भविष्यमा नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नुहोला,’ ईशाले थपिन् । ईशा अहिले दुई छोरीहरुसहित अमेरिकामा छिन् । गत महिना ईशा र रविको सम्बन्धविच्छेद भएको थियो ।

    श्रीमतीसँग डिभोर्सलगत्तै रवी लामिछानेले अर्को बिहे गरेका हुन् । रवि र निकिता केही महिनादेखि प्रेममा थिए तर उनले त्यस्तो सम्बन्ध केहि नभएकोभन्दै आफ्ना फ्यानहरुलाई ढाँट्दै आएका थिए ।

    ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’

    त्यसो त उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् ।

    रवी र निकिता चाबहिलमा एउटै अपार्टमेन्टमा बस्ने गर्थे । उनीहरु लिभिङ टुगेदरमा रहेको कतिपयको आशंका थियो । तर, उनीहरुले आफूहरु फरक फरक फ्ल्याटमा बस्ने गरेको दावी गरेका थिए ।

    निकितासँग बिहेसँगै रविको काँधमा तीन परिवारको जिम्मेवारी आएको छ । उनले पूर्वपत्नी ईशा र उनीतर्फका दुई छोरीहरुको सम्पूर्ण जिम्मेवारी लिने गरी सम्झौता गरेका छन् । यस्तै उनको एक विदेशी महिलासँग सम्वन्ध भएर एक छोरा छ । ती महिलाले छोरालाई दिदीको जिम्मा लगाएर अर्कै पुरुषसँग बिहे गरेकी छन् ।

    २०७५ माघ २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...