News Portal

भकाभक माफियाको जग्गा कब्जा गर्दै विप्लव नेकपा

भूगोल संवाददाता
१८६ पटक

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भकाभक ब्यापरीका निजी जग्गा कब्जा गर्ने अभियानलाई तिब्रता दिएको छ ।

नेकपाको जनपरिषद नेपाल जिल्ला समिति बर्दियाले भूमाफिया ध्रुव बस्याल र महेश्वरनाथ गिरीको जग्गा कब्जा गरेको जनाएको छ । उनीहरुको चलखेलको कारण किसान कमानसिंह थारुलाई उठिबास गराउन खोजेको भन्दै जिल्लाको उक्त जग्गालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला जनपरिषदका प्रमुख टीकाराम थारुले माघ २० गते उक्त जग्गामा ब्यानर र झण्डा गाडेर मुनादेवी कायस्ताको नाममा बर्दियाको साविक बेलुवा ४, लखनाचोक स्थित ३ कठ्ठा १० धुर जग्गा नियन्त्रणमा लिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएका छन् ।

उक्त जग्गामा ध्रुव बस्याल र महेश्वर नाथ गिरीले चलखेल गर्दा किसान कमानसिंह थारुले २०५६ सालदेखि जोतभोग गर्दै आएको भए पनि अहिले उठिबास लाग्ने भएपछी पार्टीले कब्जा गरेको जनाएको छ ।

नेपालको कानुन देखाउदै बल प्रयोग गर्दै निज कमानसिंह थारुलाई उठिबास गराउने चलखेल भएको भन्दै कब्जामा लिएको जनपरिषदका प्रमुखले जनाएका छन् । उनले भूमिहीन सुकुम्बासीहारुलाई उठिबास गराउन खोजिरहेको भन्दै भूमाफिया विरुद्ध कडा जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

२०७५ माघ २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...