News Portal

  • ‘प्रदेश ३ को राजधानी हेटौडा नभए आन्दोलन’

    भूगोल संवाददाता
    ४५२ पटक

    मकवानपुर । प्रदेश ३ को राजधानी हेटौंडा नै कायम हुनुपर्ने कांग्रेसले जिकिर गरेको छ । आज हेटौंडामा सरकार विरुद्ध आयोजना गरेको शक्ति प्रर्दशनमा कांग्रेसले हेटौंडाबाट प्रदेश ३ को राजधानी दायाँबायाँ गरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

    प्रदेश ३ को राजधानीको विषयमा व्यापक छलफल तथा प्रदेश सरकारले आन्तरिक तयारी गरिरहेको समयमा कांग्रेसले हेटौंडालाई नै स्थायी राजधानी कायम गर्नुपर्ने अडान सार्वजनिक गरेको छ ।

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय संसदकी प्रमुख सचेतक पुष्पा भुसालले प्रदेश नम्बर ३ को राजधानी हेटौडाबाट अन्यत्र सारे कांग्रेसलाई मान्य नहुने बताइन् ।

    उनले हेटौंडा सबै किसिमबाट प्रदेशको राजधानी हुन योग्य भएकाले अस्थायी राजधानी बनाइएको उल्लेख गर्दै यसलाई नै स्थायी बनाउनु पर्ने उल्लेख गरिन् । उनले पूर्वाधार सम्पन्न हेटौडाबाट राजधानी अन्यत्र सारे कांग्रेस आन्दोलनमा उत्रने चेतावनी दिइन् ।

    सभालाई सम्बोधन गर्दै नेतृ भुसालले कम्युनिष्टको सरकार आएपछि देशमा हत्या ,हिंसा,बलात्कार र भ्रष्टाचार बढेको आरोप लगाइन् । निर्मला पन्तलाई न्याय दिन नसक्ने बरु आफ्नै पोष्टर पोलपोलमा टाँस्दै हिँड्ने भन्दै सरकारको आलोचना गरिन् ।

    कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बाँनियाले सरकारले जनतालाई न्याय दिलाउन नसकेको आरोप लगाए । उनले कम्युनिष्टको सरकार आएपछि मुलुकमा ईतिहास कै सबैभन्दा बढि गरिबि बढेको दाबी गरे । बानियाँले सरकारले संसदीय मर्यादा पालानागर्न नसकेका उल्लेख गरे ।
    हेटौंडाका विभिन्न नाकामा जम्मा भएका कांग्रेसका नेता तथा कार्यकर्ताले सरकार विरोधी नारा लगाएर प्रदर्शन गरेका थिए । चारैतिरबाट आएको र्याली सिमाचोक र बुद्धचोकको बीचसडकमा जम्मा भएपछि सभाको आयोजना गरिएको थियो ।

    २०७५ माघ २१ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...