News Portal

  • कैलाशमा सांसद घलानको ‘नलेखिएका गाथाहरु’ विमोचन

    भूगोल संवाददाता
    ८६ पटक

    मकवानपुर । प्रगति लेखक सङ्गठनले कैलाश गाउँपालिकामा गाउँ जागरण अभियान गरेको छ । शनिबार गाउँपालिका–२ बैकुण्ठमा एक कार्यक्रमको आयोजना गर्दै सङ्गठनले अभियानको अन्तिम श्रृङ्खला सम्पन्न गरेको छ ।

    गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तीनका प्रदेश सभा सदस्य ओमबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडाबाट गएका साहित्यकारहरुले कैलाश गाउँपालिकाको वस्तुस्थित अध्ययन गरी स्थलगत कविता रचना तथा वाचन गरेको प्रगतिशिल लेखक सङ्घका कार्यबाहक अध्यक्ष सिएम रिमालले जानकारी दिए ।

    कार्यक्रममा रमेश मोहन अधिकारी, अनिता न्यौपाने, मुक्तान थेवा, केशव समर्पण, मसान उपासक, सिएम रिमाल, अनिशा पुडासैनी, अनिश न्यौपाने भावना, बगेकी गङ्गा, जनार्दन खनाल, सानुभाइ विकलगायतले रचना वाचन गरेका थिए ।

    गाउँपालिकाले यस्तो गतिविधिलाई प्राथमिकता दिने बताउँदै अध्यक्ष मुक्तानले होमस्टेको स्थापान गरी पर्यटन प्रवद्र्धन गरिने बताए त्यस्तै साहित्यिक हातहरुका कलमले यसलाई नेपालभरि चिनाउन सजिलै सकिन्छ भनेर यस ठाउँलाई देखाउँदै यो विशेष कार्यक्रमको आयोजना गरिएको मोक्तानले जानकारी गराए ।

    कार्यक्रममा सांसद घलानको ‘नलेखिएका गाथाहरु’ पुस्तक पनि विमोचन भएको छ । उनको संस्मरणात्मक कृति माथि समालोचक माधव घिमिरे ‘अटल’ ले समीक्षा गरेका थिए ।

    कार्यक्रममा कैलाश गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङ, सरस्वती आधारधूत विद्यालयका प्रधानाध्यापक, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले आफ्नो मन्तव्य राखेका थिए ।

    २०७५ माघ २१ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...