News Portal

३ दिन सार्वजनिक बिदा, यस्तो छ कारण थाहा पाउनुहोस्

भूगोल संवाददाता
६८५ पटक

काठमाडौं । तामाङ समुदायको बाहुल्यता रहेकाको स्थानीय तहले सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने भएका छन् । मुलुकको विभिन्न भेगमा केही गाउँपालिकाले सोनाम ल्होसारमा माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले ल्होसारमा सार्वजनिक बिदा दिने जनाएको छ । हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास छ । मरिण र घ्याङलेख गाउँपालिकाले पनि सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ती गाउँ गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

त्यस्तै काभ्रेको काभ्रे । रोशी र तेमाल गाउँपालिकाले पनि ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।सोनाम ल्होसारमा प्रदेश २ सरकारले एकदिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश २ सरकारले माघ २२ गते बिदा दिने जनाएको छ । त्यसैगरी प्रदेश ३ सरकारले पनि सोनाम ल्होसारमा माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुलुकका अन्य केही गाउँपालिकाले पनि ल्होसारमा बिदा दिने जनाएको छ ।

यसैबीच अब देशका सात वटै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने भएको छ । प्रदेश नम्बर १ को विराटनगरबाट पनि श्रम स्वीकृति जारी हुने भएसँगै सातै प्रदेशबाट सेवा लिन सकिने भएको हो ।

सबै प्रदेशमा श्रम स्वीकृति लगायतका सेवा विस्तार गर्ने क्रममा सरकारले बुधबारदेखि प्रदेश नम्बर १ बाटसमेत सेवा आरम्भ गर्ने भएको हो । विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्राविधिक तथा व्यवस्थापनको तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कार्यालय स्थापना गरिएपछि श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ । प्रदेशस्थित श्रम कार्यालयबाट पुनः तथा व्यक्तिगत श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएको छ ।

२०७५ माघ २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...