News Portal

प्रदेशमा पनि कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

भूगोल संवाददाता
१२१ पटक

बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक मंगलबार अवरूद्ध गरेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले काम नगरेको भन्दै बैठक अवरूद्ध गरेको हो ।

समितिको संयोजक ३ महिना अगाडि संयोजकमा दीपेन्द्रकुमार पुनलाई बनाएको थियो । तर  समिति स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्नुको साटो जालझेल गरेर लम्बाउन खोजको भन्दै बैठक अवरूद्ध गरेको कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए ।

सुझाव संकलन गर्न गठित १५ सदस्यीय समिति छ । जसमा रूकुम पूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधिहरू छैनन् । समितिमा सबै जिल्लाका सांसदहरूको प्रतिनिधित्व गराउन समितिले तयारी गरेको छ ।

समितिमा सदस्य थपका नाममा राजधानी टुंगो लगाउने विषयलाई लम्बाउन खोजिएको भन्दै त्यसको विरूद्ध आफूहरू बैठक अवरूद्ध गरेको पोखरेलले बताए । कांग्रेसले यस अगाडि माघ १८ गते बसेको बैठक पनि गोविन्द केसीको जीवनरक्षा र निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने हत्यारालाई पक्राउ गर्न माग गर्दै बैठक अवरूद्ध गरेको थियो । संसदको अर्को बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।

२०७५ माघ २२ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...