News Portal

अब बिदेशमा पनि चल्ने भयो नेपाल टेलिकमको प्रिपेड फोन, यसरि लिन सकिन्छ सेवा

भूगोल संवाददाता
३०७ पटक

काठमाडौं । नेपाल टेलिकमका प्रिपेड फोन प्रयोगकर्ताहरुलाई खुसीको खबर । अब प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ । यसको मतलब तपाईसँग नेपाल टेलिकमको प्रिपेड फोन छ भने विदेशमा पनि तपाईंको फोन चल्छ ।

यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउँथे । टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा आजदेखि प्रिपेड फोनमा पनि रोमिङ कलको शुरुवात गरेको हो । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो सेवाको शुभारम्भ गरे ।

प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने भएका छन् । मोवाइलमा जति ब्यालेञ्च छ सो बराबरको सेवा उपयोग गर्न पाउने गरी नेपाल टेलिकमले प्रिपेडका प्रयोगकर्तालाई रोमिङको सुविधा दिएको हो ।

पोस्टपेडका प्रयोगकर्ताले भने १० हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । नेपाल टेलिकमले सन् २००१ बाट पोस्टपेडमा रोमिङ सेवा शुरु गरेको थियो । शुरुमा ३० हजार धरौटी राख्नुपर्ने भएपनि पछिल्ला वर्षहरुमा घटाएर १० हजार बनाइएको हो ।

२०७५ माघ २२ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...