News Portal

सुनको मूल्य आज घट्यो

भूगोल संवाददाता
२१७ पटक

काठमाडौं । नौ दिनसम्म बढेपछि बहुमूल्य पहेँलो धातु सुनको मूल्य आज बुधबार घटेको छ । स्थानीय बजारमा छापावाल सुनको भाउ तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हिजो मंगलबारको दाँजोमा २ सयले कम हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुनको भाउ तोलाको ६२ हजार ५ सय, सोमबार ६२ हजार ५ सय तथा आइतबार, शनिबार र गएको शुक्रबार ६२ हजार ३ सयमा कारोबार भएको थियो ।

खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ ।

महासंघका अनुसार छापावाल सुनको भाउ यसअघि २०७० भदौ १२ गते नेपाली इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ । स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान छ । यो बढेर तोलाको ६५ हजारसम्म पुग्ने अन्तर्राष्ट्रिय विश्लेषकको प्रक्षेपण छ ।

महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

त्यसैगरी तेजाबी सुनको भाउ पनि २ सयले घटेर तोलाको ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार ६२ हजार ३ सय, सोमबार ६२ हजार २ सय, आइतबार र गएको शुक्रबार ६२ हजार रुपैयाँ थियो । गत साता बिहीबार र बुधबार ६१ हजार ९ सयमा अडेको
थियो ।

चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ७ सय ८० मा कारोबार भइरहेको छ । हिजो मंगलबार ७ सय ८५ पुगेको चाँदीको भाउ त्यसअघि पाँच दिनसम्म तोलाको ७ सय ८० रुपैयाँमा स्थिर रहेको थियो ।

महासंघका अनुसार माघ २३ सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ १६ र १७ मा ६२ हजार २ सय, १८ र २० मा ६२ हजार ३ सय, २१ मा ६२ हजार ५ सय र माघ २२ मा ६२ हजार ६ सय रुपैयाँ थियो ।

२०७५ माघ २३ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...