News Portal

  • चरित्र हत्या गरेको भन्दै उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध उजुरी

    भूगोल संवाददाता
    ७६ पटक

    काठमाडौं । उपन्यासकार सरस्वती प्रतिक्षा विरुद्ध प्रहरीमा उजुरी परेको छ । उनले वादी समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उपन्यास ‘नथिया’ को पत्रसँग आफ्नो नाम मिलेको भन्दै वादी महिलाले उजुरी दिएकी हुन् ।

    नियतवश वादीसमुदायको आत्मसम्मानमा ठेस पुर्‍याउने र चरित्र हत्या गर्ने गरी उपन्यास लेखिएकोे दाबी उजुरीकर्ताको छ । महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकारीका अनुसार प्रतिक्षाविरुद्ध केही दिनअघि उजुरी परेलगत्तै प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर, उनी हालसम्म प्रहरी कार्यालयमा उपस्थित भएकी छैनन् ।

    उपन्यासमा उल्लेख भएको पात्रसँग नाम मिल्ने महिलाले दिएको उजुरीमा भनिएको छ, ‘एक जनारदुई जनाको नाम मिल्नु संयोग होला । तर, ४र५ जनाकै नाम मिल्नु कसरी संयोग हुनसक्छ ? यो उपन्यासले हाम्रो समुदायलाई नै प्रत्यक्ष ठेस पुर्‍याएको छ ।’

    उपन्यासले आफू लगायतको चरित्र हत्या गरेको र जातीय भेदभावलाई पनि प्रश्रय दिएको दाबी गर्दै लेखिकामाथि जातीय विभेद तथा छुवाछुत ऐन अन्तरगत कारबाही गर्न माग गरिएको छ ।

    प्रहरीमा उजुरी परेपछि उपन्यकार प्रतिक्षाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एनजीओहरुले समुदायका केही व्यक्तिलाई उचालेर आफूलाई खेद्न खोजेको बताएकी छन् ।

    उनले लेखेकी छन्, ‘पाठकहरुले नै तैंले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ । होइन भने एउटा एनजीओको केही लाख पैसामा काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि जिते पनि मभित्रको लेखक कहिल्यै डग्मगाउँदैन ।’

    उनले आफूले ३० को दशकको कथा लेखको दाबी गर्दै ५० सालमा जन्मेकी युवतीले किताबको पात्रसँग नाम जुधेकाले बेइज्जती भयो भनेर प्रहरीमा उजुरी दिएको पनि उल्लेख गरेकी छन् ।

    २०७५ माघ २३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...