News Portal

मकवानपुरमा पनि जीपी कोइराला फाउन्डेसन, यस्तो छ जिम्मेवारी

भूगोल संवाददाता
१०७ पटक

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले गिरिजाप्रसाद कोइरालाको सम्झनामा जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस डेभलपमेन्टको स्थापना गरेर जिम्मेवारी बाँडफाँड गरेको छ ।

कांग्रेसले गिरिजाप्रसादको नाममा केन्द्रमा खोलेको फाउनडेसनलाई सबै जिल्लामा विस्तार गरिरहेको छ । जीपी कोइराला फाउन्डेसनलाई पनि नयाँ संरचनामा लगेपछि मकवानपुरमा जिम्मेवारी दिइएकालाई आज पदस्थापना गरिएको हो ।

कार्यक्रममा फाउन्डेसनका क्षेत्र नम्बर १ का संयोजक भीमसेन महत, २ का संयोजक पुरुषोत्तम ठकुरी, क्षेत्र १ क का संयोजक भुमिनन्द गौतम, ख का संयोजक पूर्ण पुडासैनी, क्षेत्र २ क का संयोजक प्रमोदकृष्ण जोशी, ख का संयोजक नुरोज पौडेल, हेटौंडा उपमहानगरपालिका संयोजक कृष्णराम न्यौपाने र थाहा नगरपालिका संयोजक भरत लामालाई पदस्थापना गरिएको हो ।

फाउन्डेसन मकवानपुरका संयोजक नारायणप्रसाद लम्सालको सभाध्यक्षता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति एव कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा पदस्थापना कार्यक्रम भएको हो ।

कार्यक्रममा विशेष अतिथि फाउन्डेसनका केन्द्रीय सदस्य एवम् ३ नम्बर प्रदेश संयोजक रिता खनाल, प्रदेश ३ का सल्लाहकार शोभाकर पराजुली, कांग्रेस पार्टी मकवानपुरका जिल्ला सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

२०७५ माघ २३ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...