News Portal

  • मृत्युसँगै पासवर्ड गायब हुँदा करोडौं रुपैयाँ डुब्यो

    भूगोल संवाददाता
    १४४ पटक

    काठमाडौं। क्रिप्टोकरेन्सीको जोखिम निकै धेरै छ । गत साता क्यानडामा भएको एक घटनाले यो जोखिमसम्बन्धी बहस अझै चर्को बनाएको छ ।

    क्यानडाको सबभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफार्म क्वार्डिगाका लगानीकर्ताहरूको लगभग १९ करोड डलर लगानी डुब्ने स्थितिमा पुगेको छ । एक पासवर्ड गायब हुनु यसको कारण हो ।त्यसमध्ये ५ करोड डलर हार्ड करेन्सी पनि छ ।

    क्वार्डिगाका संस्थापक गेरल्याड कोटेनको मृत्युसँगै उनको पासवर्ड पनि चिहानमा गाडिएको छ । कोटेन भारत भ्रमणमा डिसेम्बर ९ मा आउँदा बितेका थिए । कम्पनीका अनुसार, ३० वर्षीय कोटेनले नै लगानी, कोइन र फन्डसँग जोडिएका कुरा हेर्थे ।

    यो एक्सचेन्ज प्लेटफर्मले नोभा स्कोसियाको सर्वोच्च अदालतमा फन्डसम्बन्धी जानकारी पत्ता लगाउन सक्षम नरहेको ३१ जनवरीमा बतायो ।

    कोटेनकी पत्नी जेनिफर रोबर्टसनले एक दस्तावेजमा हस्ताक्षर गरेकी छन् । दस्तावेज अनुसार, उनको पतिले कम्पनी सम्बन्धी जानकारी राख्ने ल्यापटप पूरै एन्क्रिप्टेड छ र उनी त्यसको पासवर्ड जान्दिनन् ।

    पाँच वर्षअघि क्वार्डिगा कम्पनी शुरू गरिएको थियो । अघिल्लो वर्षदेखि नै कम्पनी आर्थिक संकटको सामना गरिरहेको छ ।क्यानडाको टीभी च्यानल सीबीसीको एक रिपोर्टअनुसार, यसै वर्षको शुरूआतमा तरलताको समस्याका कारण सीआईबीसी बैंकले यस कम्पनीको २० मिलियन डलर जफत गरेको थियो ।

    क्वार्डिगाका लगभग एक लाख १५ हजार प्रयोगकर्ता छन् । यसमा व्यावसायिक लगानीकर्ताका साथै बचतको थप राम्रो विकल्प खोज्ने मानिस पनि पर्छन् ।जानकारहरूका अनुसार, लगानीकर्ताहरूको लगानी फिर्ता आउने सम्भावना कम छ । बीबीसीबाट

    २०७५ माघ २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...