News Portal

भारत लैजान लागेका १८ बालबालिकाको हेटौंडा बसपार्कबाट उद्दार

भूगोल संवाददाता
१५५५ पटक

मकवानपुर । भारत लैजान लागिएका बालबालिकालाई आज हेटौंडा बसपार्कबाट उद्दार गरिएको छ । भारतको कालिङपोङमा लामा पढ्नका लागि भन्दै लेजन लागिएका १८ जना बालबालिकाको उद्दार गरिएको हो ।

लामा पढ्नको लागि लैजान लागेको भनी कांकडभिट्टा चल्ने ना. ६ ख १५२० को यात्रुबाहक बसमा चेक गर्दा ११ जना बालक र ७ जना बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक मधु थापाले जानकारी दिएका छन् ।

बाबालिकालाई राक्सिराङ गाउँपालिका–१ बस्ने वर्ष १८ को साङ्गे मुक्तान बागमति गाउँपालिका– ८ बस्ने वर्ष २४ को सोनाम दोर्जे लामाले लैजान लागेको प्रहरीले जनाएको छ ।

बालबालिकाहरु अभिभावकको स्वीकृति लिएर नै लैजान लागेको देखिए तापनि अन्य कानुनी प्रक्रियाहरू पुर्याएको नदेखिएकोले माईति नेपाल जिल्ला मकवानपुरका कार्यक्रम संयोजक माया लामा, जिल्ला सेवा केन्द्रका केन्द्र प्रमुख बिन्दा बर्तौला, सिविन बाल हेल्प लाईन मकवापुरका कार्यक्रम संयोजक सम्झना अधिकारीको रोहवरमा अभिभावकको जिम्मा लगाइएको प्रवक्ता थापाले जानकारी दिए ।

उद्धार गरिएका मध्य १ जना बालकको अभिभावक हालसम्म सम्पर्कमा नआएकोले पछि अभिभावकको खोजी पश्चात फिर्ता गर्ने गरी सिविन बाल हेल्पलाइन मकवानपुरमा संरक्षणको लागि राखिएको उल्लेख छ । बालबालिकाहरू लैजान खोज्ने साङ्गे मुक्तान र सोनाम दोर्जे लामालाई आवश्यक सोधपुछ पश्चात आफन्तको जिम्मा जमानीमा छाडिएको थापाले जानकारी दिए ।

२०७५ माघ २४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...