News Portal

मेलबर्नको १३ औं खेलमा सन्दीप मैदान उत्रदै

भूगोल संवाददाता
१३७ पटक

काठमाडौं । सेमिफाइनल प्रवेशका लागि शुक्रबार बिग ब्यास टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटको सामना गर्दैछ। लिगमा १२ खेल खेलेको स्टार्सले १२ अंक सहित सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। यस्तै लिगमा एक खेल बढी खेलेर ११ अंक जोडेको ब्रिसबेनको सम्भावना पनि कायमै छ।

यदि आजको खेलमा बेलबर्न स्टार विजयी भए एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। अन्यता अन्तिम खेल जित्नुपर्ने दबाब हुनेछ। यता ब्रिसबेनका लागि आजको खेल जितेमा अन्तिम खेलमा मेनबर्नले सिड्नी सिक्सर्ससँग पराजित हुनुपर्नेछ।

सुरूवाती चार खेल खेल्दै सानदार प्रदर्शन गरेका नेपाली युवा बलर सन्दीप लामिछाने आजको खेलमा मेलबर्नबाट आफ्नो पाँचौ खेल खेल्दैछन्।

सुरूवाती चार खेलमा ८ विकेट लिएका सन्दीप त्यसपछि बंगलादेश प्रमियर लिग र नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय र टी ट्वान्टी खेलमा सहभागी हुन अष्ट्रेलिया बाहिर गएका थिए।

उनले बंगलादेशमा सम्पन्न बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सरबाट ६ खेल खेल्दै ४ विकेट लिएका थिए। त्यसपछि ३ अन्तर्राष्ट्रिय एक दिवसीयमा ७ विकेट लिएका उनले तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५ विकेट हात पारेका थिए।

बेलबर्नले सन्दीपको स्थानमा इंल्याण्डका पेस बलर लियाम प्लुङ्केटलाई खेलाएको थियो। उनले ८ खेलबाट १२ विकेट लिएका छन्। ८.२२ इकोनोमी बलिङ गरेका उनी सन्दीपको ६.८१ इकोनोमी बलिङ भन्दा बढी हो।

प्रतियोगितामा १३ खेल खेलेको होबर्टले १० खेल जित्दै २० अंक जोडेर एक खेल अगावै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान पक्का गरेको छ।यस्तै समान खेलबाट १६ अंक जोडेको सिड्नी सिक्सर र सबै १४ खेल खेल्दै १६ अंक जोडेको मेलबर्न रेनेगाडेसले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ।

आजको खेलमा मेलबर्न विजयी भए सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लाग्नेछ।

२०७५ माघ २५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...