News Portal

कारबाहीमा परेका इन्स्पेक्टर कुशवाह पशुपतिनगर हेटौंडाको इन्चार्ज !

भूगोल संवाददाता
८९५ पटक

मकवानपुर । कारबाहीमा परेका एक प्रहरी अधिकृतलाई आकर्षक स्थानमा सरुवा गरेका फेला परेको छ । प्रहरी प्रधान कार्यालयले कारबाही गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडाको इलाका प्रहरी कार्यालय पशुपतिनगरको इन्चार्च बनाइएको हो ।

संगठनको आचरण र मर्यादा विपरित काम गरेको आरोपमा नसियत भोगेपनि आकर्षक स्थानको इन्चार्ज पाउने इन्स्पेक्टर अरुण कुशवाह हुन् । धनुषास्थित इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगरमा रहँदा कुशवाहले २०७५ मंसिर ११ मा नसियत पाएका थिए ।

जिल्लाबाट अनुगमनमा खटिएको टोलीसँग दुर्व्यवहार र सही ढंगले कार्यसम्पादन नगरेको आरोपमा उनीमाथि कारबाही भएको थियो । संगठनको आचरण र मर्यादा विपरित काम गरेको आरोपमा नसियत दिइएलगत्तै उनलाई काजमा जिल्ला प्रहरी कार्यालय, ओखलढुंगा पठाइएको थियो । तर, उनी अटेर गरेर प्रहरी मुख्यालयमै हाजिर गरेर बस्दै आएका थिए ।

उनैलाई पुरस्कृत गर्दै आकर्षक स्थानमा पठाइएको भन्दै प्रहरी अधिकृतहरु नै असन्तुष्ट छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको जोडबलमा कुशवाहलाई पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयको इञ्चार्ज दिइएको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले उनि झण्डै एकमहिना देखि पशुपति नगरको इन्चार्जका रुपमा कार्यरत् रहेका छन् । पशुपतिनगरका इन्चार्जले अनिवार्य अवकाश पाएपछि त्यहाँको दरबन्दी खाली थियो । इप्रका पशुपतिनगरको कार्यक्षेत्रमा हेटौंडा औधोगिक क्षेत्र पनि पर्दछ ।

इन्स्पेक्टर कुशवाहको गलत आचारको रेकर्ड नै रेकर्ड रहेको एक प्रहरी अधिकृतले बताए । संगठनको मर्यादा विपरीत काम गर्ने कुशवाहलार्ई आकर्षक स्थानमा पठाएको भन्दै प्रहरी अधिकृतको असन्तुष्टि छ । राम्रा काम गर्नेलाई पाखा लगाएर गलत भएपनि हाम्रालाई काखी च्याप्ने काम भएको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए ।

‘हामीले भनेर हुँदैन तर पशुपतिनगरमा गलत प्रहरी अधिकृतलाई पठाइएको छ । यसले राम्रो सन्देश जादैन ।’–एक प्रहरी अधिकृतले भने ।

२०७५ माघ २५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...