News Portal

  • फेरि बढ्यो सुनको भाउ

    भूगोल संवाददाता
    २२४ पटक

    काठमाडौं । बुधबारदेखि घट्न थालेको सुनको भाउ शुक्रबार फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ एक सय रुपैयाँ बढेर प्रतितोला ६२ हजार १ सयमा कारोबार भइरहेको छ ।

    मंगलबार सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन प्रतितोला ६२ हजार ६ रुपैयाँमा कारोबार भएको सुन बुधबार दुई सय रुपैयाँ घटेको थियो । बिहीबार एकैचोटी तोलामा ४ रुपैयाँ घटेर ६२ हजारमा कारोबार भयो । तर, शुक्रबारदेखि सुनको फेरि उकालो लाग्न थालेको छ । वि. स २०६९ भदौ १२ गते सुनको भाउ ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

    पुस महिनाभरी ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ लागेसँगै घट्ने साढे ६२ हजार आसपासमा कारोबार भइरहेको छ । अमेरिकी डलरको कारोबार घटबढ हुँदा सुनको मूल्यमा समेत असर पर्ने व्यवसायीहरु बताउँछन् ।

    डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु तथा अमेरिका र चीनबीच व्यापारिक तनावको स्थिति साम्य नहुनु पनि यसका कारक हुन् । तेजाबी सुनको भाउ पनि शुक्रबार एक सय रुपैयाँ बढेर ६१ हजार ८ सय रुपैयाँ प्रतितोलामा बिक्री भइरहेको छ ।

    चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ७८५ रुपैयाँ पुगेको चाँदीको भाउ त्यसयता १० रुपैयाँ घटेको छ ।

    २०७५ माघ २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...