News Portal

के विवाह गर्नैपर्छ ? नगर्दा के हुन्छ ?

भूगोल संवाददाता
२३९ पटक

‘अहो, बिहे गर्ने बेला भएन र ?’ उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले झेल्ने प्रश्न हो यो । यसको स्पष्ट आशय के बुझिन्छ भने, निश्चित उमेर भएपछि विवाह गर्नैपर्छ ।

विवाह एक सामाजिक परम्परा हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ । हामीकहाँ के सोचाई छ भने, जिन्दगी चलाउन विवाह गर्नुपर्छ । विवाहपछि जब एक पुरुष र महिला एकाकार हुन्छन्, उनीहरु दाम्पत्य जीवनमा प्रवेश गर्छन् । दाम्पत्य जीवनपछि नै कुनै पुरुष र महिला खुला रुपमा एकाकार हुन पाउने मान्यता छ । उनीहरुले आफ्नै घरबार सुरु गर्छन् । बालबच्चा जन्माउँछन् । एक हिसाबले यो सृष्टिको निरन्तरता पनि हो ।

हरेकजसो समुदायको आ-आफ्नै विवाह संस्कार छ । अर्कोतिर हामी व्रम्हाचार्यको पनि कुरा गर्छौं । यो भनेको विवाह तथा कुनैपनि किसिमको मैथुन क्रियाबाट पूर्णत अलग गरेर रहने जीवनशैली हो । त्यसैले विवाह गर्नैपर्छ भन्ने धारणमाथि प्रश्न उठाउने ठाउँ छ ।

विवाह नगर्दा के हुन्छ ? यो प्रश्न पनि अस्वभाविक छैन । विवाह गर्नु र नगर्नु कुनैपनि व्यक्तिको नितान्त व्यक्तिगत रोजाई हुन् । उनको जन्मजात अधिकार हो । त्यसैले विवाहको सन्दर्भमा समाजभित्र अनेक मतभेत देखिन्छ ।

विवाहको अर्थ

विवाह प्रतिको हाम्रो धारणा फरक हुनुमा हाम्रो धर्म,संस्कृति तथा लालनपालनले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

त्यसैले, त विवाह सम्बन्धी हाम्रो धारणामा पहिले र अहिलेमा आकास-जमिन बीचको फरक छ । यद्यपी, धेरै व्यक्तिहरु अहिले पनि विवाहलाई कानुनी, सामाजिक र धार्मिक मान्यतासित जोडेर हेर्छन् ।

उनीहरु सोच्छन्, धार्मिक मान्यता अनुसार दुई व्यक्ति एउटा बन्धनमा बाधिनु नै विवाह हो । जसमा दुई व्यक्ति शारीरीक , मानसिक तथा भावनात्मक रुपले एक अर्काप्रति समाहित हुने गर्छन् । उनीह बीच एक आपसमा सहमति हुने गर्छ । जसले उनीहरुलाई जीवनभर एकअर्काप्रति समर्पित भएर बाच्न सहयोग पुर्‍याउँछ ।

विवाहको मतलव ‘सहमति’ ?

जब दुई व्यक्ति जीवनभर एकसाथ हिड्ने फैसला गर्छन्, तब उनीहरुबीच आपसी सहमति कायम हुने गर्छ । पूरानो समयमा यो सहमति मागी विवाह अन्तर्गत आमाबाबुले गर्थे । तर, अहिलेका पुस्ता विवाह आफै तय गर्छन् र सम्पूर्ण जिन्दगी साथमा रहने निर्णय गर्छन् । यसका लागि उनीहरु आपसमा सहमति कायम गर्दछन् ।

विवाहले स्वार्थ टाढा राख्छ ?

विवाह भनेको दुई आत्माको मेल मात्र नभएर दुई परिवारको पनि मेल हो । त्यसैले विवाह पश्चात्त श्रीमान र श्रीमतिले गर्ने प्रत्येक निर्णयमा परिवारको पनि उत्तिकै महत्व हुन्छ । त्यस्ता, निर्णयमा परिवारको हितलाई सबैभन्दा माथि राखिने गरिन्छ ।

परिवार, इष्टमित्रलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले, विवाह पश्चात्त श्रीमान र श्रीमतिबीच ‘तेरो र मेरो’ भन्ने कुराले कुनै अर्थ राख्दैन । यसमा जतिसक्दो सर्मपणको भावना आवश्यक छ । यसको लागि श्रीमान र श्रीमति दुवैमा सन्तुलन कायम हुन जरुरी छ ।

विवाहको मतलव हो ‘एक हुनु’

जब कुनै जोडी विवाह बन्धनमा बाधिन्छन्, तब उनीहरु बीच शारीरीक सम्बन्ध कायम हुन जरुरी छ । यसले सम्बन्धमा सुधार ल्याउनुका साथै सम्बन्धिलाई प्रगाढ बनाउन मद्दत गर्छ । साथै, उनीहरुबीच भावनात्मक र मानसिक सम्बन्ध कायम गर्न मद्दत गर्छ ।

यसको लागि नव विवाहित दम्पत्तिले एक आपसमा धेरै भन्दा धेरै समय व्यतित गर्न जरुरी छ । एक आपसलाई राम्ररी बुझ्न जरुरी छ । यसले एक आपसमा नजिक हुन मद्दत गर्छ ।

‘नयाँ जीवन दिन्छ’

विवाह पश्चात्त प्रत्येक दम्पत्तिको जीवनमा शिशुको आगमन हुन्छ । एक नव दम्पत्तिको जीवनमा यो भन्दा खुशीको क्षण अरु के होला ? जो दम्पत्ति एक भएर शिशुको राम्रो पालन पोषण गर्छन्, उनीहरुको बच्चा भविष्यमा एक परिपक्व नागरिक भएर समाजमा अमुल्य योगदान पुर्‍याउँछन् । यद्यपी, यो जिम्मेवरी वहन गर्न त्यति सजिलो छैन । किनकी शिशुको लालनपालन गर्ने क्रममा उनीहरुले जीवनमा कयौ चुनौतीको सामना गर्नु पर्दछ । कयौ पटक प्राथमिकता बदलिने गर्छ । तथापी, जिवनमा शिशुको जतिसुकै महत्व भएपनि पहिले आउने भनेको श्रीमान नै हो । जबसम्म तपाईको जीवनमा श्रीमानको महत्व सर्वपरी रहन्छ, तबसम्म तपाईको दापत्य जीवन राम्रोसित चल्छ ।

विवाहको मतलव ‘बदलाव’ पनि हो ?

बदलाव जीवनको अभिन्न अंग हो । जीवनका हरेक क्षणमा बदलाव आउने गर्छ । यही बदलावकै कारण जीवन रंगिन हुने गर्छ । त्यसैले, विवाह पश्चात्त हुने प्रत्येक बदलावबाट आनन्द लिन सक्नु पर्छ । किनकी जीवनमा हुने यस्ता बदलावकै कारण हामीले जीवनमा धेरै कुरा सिक्छौ भने उक्त पाठबाट सिकेरै धेरै कुरा सिकाउन सक्छौ । र, विभिन्न परिस्थितिको सामना गर्न सक्छौं ।

२०७५ माघ २५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...