News Portal

९ सय पाइलट हड्तालमा उत्रिएपछि …

भूगोल संवाददाता
८२ पटक

ताइपेइ । ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

शुक्रबार र शनिबारसम्म जारी रहने भनिएको यस हड्तालका कारण २२ ओटा उडान रद्द भएको र यसबाट ४ हजार यात्रु प्रभावित भएको बताइएको छ ।

हड्तालको कारण रद्द भएका उडानहरुमा बेइजिङ, साङ्घाइ, गुआङ्झाउ शेन्झेन, हङकङ र बैकक रहेका छन् ।
चाइना एयरलाइन्स शाखाका विमान चालकहरुको युनियन ‘ताओयुआन’ले कैयांै चालकहरुले लामो समयसम्म उडान उडाउनुपर्ने जस्ता समस्या समाधानको लागि माग राखेका थिए ।

चालकहरु प्रतिनिधिका अनुसार उडान सुरक्षाको लागि चालकहरुमा भएको क्षमताभन्दा बढी दबाबलाई कम गर्न आह्वान गरेका थिए ।

गत मङ्गलबार नै यस हड्तालमा भाग लिनको लागि करिब ९०० विमान चालकले सहभागिता जनाएका थिए । माग पूरा नभएको खण्डमा यो सङ्ख्या अझै बढ्ने समेत अनुमान गरिएको छ । रासस /सिन्ह्वा

२०७५ माघ २५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...