News Portal

  • तीन दिनकाे वर्षाले सर्लाहीमा ४ करोडकाे इँटा नष्ट

    भूगोल संवाददाता
    १३ पटक

    र्लाही – शुक्रबादेखि लगातार परेको वर्षाका कारण सर्लाहीमा ४ करोडभन्दा बढी काँचो इँटा गलेर नष्ट भएको छ । जिल्लामा अहिले ८० वटा इँटा उद्योग सञ्चालनमा रहेको सर्लाही इँटा व्यवसायी संघका अध्यक्ष मैथुर चौधरीले जानकारी दिनुभयो । एक महिनादेखि पकाउन ठिक्क पारेको इँटा वर्षाको पानीले गलेपछि त्यहाँबाट हटाउनसमेत झन्झट हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

    भट्टामा पोल्न तयारी अवस्थामा राखेको इँटा पानीले नष्ट पारेपछि इँटा व्यावसायीले ठुलो क्षति व्यहोर्नुपरको अम्बर इँटा उद्योगका सञ्चालक नाग्रेन्द्र दाशले बताउनु भयो । पोल्नका लागि तयारी इँटा पानीले गलाउँदा प्रत्येक इँटा भट्टा उद्योगले करिब २५ लाखसम्मको नोक्सानी बेहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

    एउटा इँटा तयार पार्न कम्तीमा तीन रुपियाँ लाग्ने उद्योगीहरुको भनाई छ । बैंक तथा वित्तिय संस्थाहरुबाट महँगो ब्याजदरमा ऋण लिएर उद्योग व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई बेमौसमी वर्षाले ठुलो आर्थिक क्षति पु-याएको उनीहरुको गुनासो गरेका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...