News Portal

रियल मड्रिड लिगको दोस्रो स्थानमा

भूगोल संवाददाता
४९ पटक

काठमाडौं । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्न सफल भयो । रियल मड्रिडको जितमा कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे । यता, एट्लेटिको मड्रिडका लागि एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा घरेलु ग्रीजम्यानले गोल गरेपछि एट्लेटिको मड्रिडले खेल १–१ गोलको बराबरीमा ल्याएको थियो । तर खेलको ४३ औं मिनेटमा रामोसले पेनाल्टीबाट गोल गर्दै रिय मड्रिडलाई २–१ गोलको अग्रता दिलाए ।

बेलले ७४ औं मिनेटमा गोल गरेपछि रियल मड्रिडले खेल ३–१ गोलअन्तरले जित हात पारेको हो । जितपछि रियल मड्रिडले २३ खेलबाट ४५ अंक बनाएको छ । पराजित एट्लेटिको मड्रिडको समान खेलबाट ४४ अंक छ ।

२०७५ माघ २७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...