News Portal

यस्तो चेतावनी दिए माधव नेपालले ओलीलाई

भूगोल संवाददाता
३१५ पटक

मकवानपुर । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी एकीकरणमा नेतृत्व गोजीबाट दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।

न्युज क्लब नेपालको आयोजनामा प्रदेश ३ को राजधानी हेटौँडाम भएको कार्यक्रममा बोल्दै नेता नेपालले एमाले र माओावदीको एकताबाट बनेको नेकपामा गोजीबाट नाम निकालेर नेतृत्व छान्ने काम नहुने बताएका हुन् । नेपालको भनाइले अझै पनि एकता प्रक्रियामा उनी सन्तुष्ट नभएको प्रष्ट पाथ्र्यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकता प्रक्रियामा गोजीबाट नेतृत्वको नाम ल्याएको भन्दै नेपाल पक्षले विरोध गर्दै आएको छ ।

स्थायी कमिटीदेखि प्रदेश हुँदै जिल्ला कमिटी छनोटमा समेत असन्तुष्टि राख्दै आएका नेता नेपालले सक्षम र राम्रालाई भन्दा पनि आफ्नालाई गोजीबाटै नेतृत्व दिने प्रयास भएपनि यसले सार्थकता नपाउने दाबी गरे । सबै तहमा छिट्टै एकता पुरा हुने उल्लेख गर्दै नेता नेपालले सबै तयार रहन निर्देशन दिए ।

‘एकतालाई अघि बढाउन नसक्दा समस्याहरु आएका छन् । अब चाडै एकताको प्रक्रिया अघि बढ्छ । तर एकताको नाममा कसैको गोजीबाट आएका नामलाई नेतृत्व स्विकार्न सकिदैन,’– उनले भने । सरकारले राम्रा काम गरेपनि केही कामका कारण सर्वसाधारणमा दुविधा उत्पन्न भएको उल्लेख गर्दै नेपालले सरकार सचेत भएर अगाडि बढुनुपर्ने सुझाव दिए ।

तीनै तहको सरकारले शुसासनमा जोड दिनुपर्ने भन्दै पूर्व प्रधानमन्त्री नेपालले भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताए । नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको बताए ।

नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनिकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भएको भएपनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उनको भनाई छ । आफ्नो तेताले भ्रष्ट्राचार गर्दाचैँ चुप बस्ने अनि अरुको सानो गल्ति खोज्दै हिडने प्रबृत्ति ठिक नभएको उनले बताए ।नेता नेपालले राजधानिको विषयमा आफु नबोल्ने बताएका छन् ।

पत्रकारहरुले प्रदेशको स्थायी राजधानीको विषयमा प्रश्न गरेपछि उनले यो प्रदेश सरकारको अधिकारको विषय भएकोले आफुले नबोल्ने बताए । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनैपनि नेपालीलाई स्विकार्य नहुने बताए । सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न नसक्ने भन्दै उनले मधेशमा हाल कुनै पनि प्रकारको विवेध नरहेको समेत दाबी गरे ।

न्युज क्लब नेपालको अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरको नेताहरुको सहभागिता रहेको थियो ।

२०७५ माघ २७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...