News Portal

  • झरना साहित्यले यस वर्ष १० जनालाई सम्मान गर्ने, को–को हुँदैछन् सम्मानित ?

    भूगोल संवाददाता
    ५४ पटक

    मकवानपुर । ग्रामीण क्षेत्रमा रहेर मकवानपुरे साहितयको श्रीवृद्धिमा योगदान पुर्याउँदै आएको झरना साहित्य परिवारले यस वर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कारको आज घोषणा गरेको छ ।

    मकवानपुरको छतिवनलाई मुख्य थलो बनाएर जिल्लाको समग्र साहित्यमा लागेको झरनाले यस वर्ष १० वटा सम्मानबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मानित गर्ने भएको छ ।

    झरना साहित्य परिवारले २६ औँ स्थापना दिवसको अवसरमा विशेष साहित्यिक कार्यक्रम गरेर सम्मान प्रदान गर्ने जनाएको छ । आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि झरनाले दुई दिवसिय कार्यक्रममा १० जनालाई सम्मान गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा झरनााका अध्यक्ष दीपक गौतमले यो वर्षको कार्यक्रममा १० जना विशेष ब्यक्तित्वलाई सम्मान गर्ने जानकारी दिए ।

    आउँदो फागुन १७ र १८ गते बकैया गाउँपालिका– ४ छतिवनमा हुने कार्यक्रमको पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका एक सय जना विद्यार्थीको लागि “बाल साहित्य र लोक साहित्य सम्वन्धी कार्यशाला गोष्ठि”को आयोजना गर्ने गौतमले बताए ।

    गोष्ठिमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर देवी नेपालको विषेश आतिथ्यता रहने छ । फागुन १८ गते २३५ औँ साहित्य श्रृङ्खला तथा बृहत साहित्य गोष्ठि र श्रष्टा सम्मान हुने गौतमले बताए ।

    यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान बाट नगद ११,५५५ सहित प्रगतिवादी वरिष्ठ साहित्यकार डा.रामप्रसाद ज्ञवाली, गुल्मी, बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मानबाट नगद ११,१११ सहित वरिष्ठ साहित्यकार तुल्सी थापा, मकवानपुर, शिव–सावित्री अधिकारी स्मृति मुक्तक साहित्य सम्मानबाट नगद ११,११ सहित मुक्तककार÷साहित्यकार केशव आचार्य, झापा, सम्मानित हुनेछन् ।

    त्यसैगरी खडानन्द–मनमाया प्रतिभा सम्मानबाट नगदसहित प्रगतिशील साहित्यकार केशव सिलवाल, ललितपुर, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७५ बाट नगद ५५५५ सहित साहित्यकार मुना अर्याल, मकवानपुर, सञ्जीवनी बुटी साहित्य सेवा पुरस्कारबाट नगद सहित धर्मदत्त न्यौपाने, मकवानपुर सम्मानित हुनेछन् ।

    त्यसैगरी पत्रकारितामार्फत् साहित्यको श्रीवृद्धिमा योगदान गरेबापत सम्मानपत्रसहित देवप्रसाद श्रेष्ठ, झरनाको स्थापनाकालदेखि तत्कालीन छतिवन गाविसको जनप्रतिनिधि रहँदा विशेष सहयोग गरेबापत शेरमान गोले, दलबहादुर वाइबा, कृष्णप्रसाद चौलागाईँ र बेलप्रसाद दहाललाई समेत सम्मानित गरिने झरनाका सचिव चिरञ्जिवी लामिछानेले बताए ।

    बकैया गाउँपालिकामा तामाङ समुदायबाट विशेष योगदान गर्ने एक ज्येष्ठ महिला र पुरुषलाई समेत सम्मानित गरिने छ भने विशिष्ट आजीवन सदस्यहरूलाई समेत सम्मानित गरिने छ ।

    कार्यक्रममा विश्वनाथ सञ्जेलको क्षितिज यात्रा मुक्तक सङ्ग्रह समेत विमोचन हुने झरनाका सचिव लामिछानेले जानकारी दिए ।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...