News Portal

  • क्रिकेट रंगशाला निर्माणका लागि रकम जुटाउन मलेसिया पुगे धुर्मुससुन्तली

    भूगोल संवाददाता
    ५४ पटक

    मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा लागेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मलेसिया पुगेका छन् ।

    रकम जुटाउनका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ आयोजना गरिएको छ ।यही माघ १६ गते काठमाडौंको राष्ट्रियसभा गृहबाट घोषणा गरिएको रंगशाला निर्माणका लागि सहयोग संकलनका गर्न आयोजना गरिएको कार्यक्रममा धुर्मुस र सुन्तली लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन् ।

    रंगशाला निर्माणका घोषणासँगै पहिलो प्रस्तुतिको लागि धुर्मुससुन्तलीका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनी, आधुनिक गायिका मेलिना राई, लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्ग मलेसिया पुगेका छन् ।धुर्मुस र सुन्तली ब्राण्ड एम्बेसेडर रहेको सिटी एक्सप्रेसले कार्यक्रमको आयोजना गरेको हो ।

    जसअन्तर्गत क्वालालम्पुर, डेवान मारियमेनको सिटी सेन्टर र पेनाङ एसटी एन्नी चर्चमा कार्यक्रम सम्पन्न भएको छ ।अर्को कार्यक्रमम यही फेब्रुअरी १० तारिखमा जोहर बारुमा हुने आयोजकले जानकारी दिएको छ ।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...