News Portal

नेपाली सेनाका जवान नै लागूऔषध तस्करीमा

भूगोल संवाददाता
१८७ पटक

काठमाडौं । नेपाली सेनाका जवान नै लागूऔषध तस्करमिा सम्लग्न भएको फेला परेको छ । प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका जवानलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय ऐकेन्द्र शाहीलाई पक्राउ गरेको छ । स्रोतका अनुसार पक्राउ परेपछि शाहीले आफू ललितपुरमा कार्यरत् सैनिक जवान भएको खुलाएका थिए । हिरोइन विक्री गर्ने उद्देश्यले काठमाडौं–२६ स्थित सगरमाथा गेष्टहाउसको कोठा नंं १०३ मा बसेका थिए ।

उनीसहित घोडाघोडी नगरपालिका ६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको महाशाखाका एसपी सोमेन्द्र राठौरले पुष्टि गरेका छन् । विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरुको शरीरमा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो । उनीहरुलाई थप कारबाहीका लागि काठमाडौंं प्रहरी परिसर पठाइएको छ ।

२०७५ माघ २७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...