News Portal

प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच वार्ता, अब प्रचण्ड अमेरिका जाने

भूगोल संवाददाता
२०६ पटक

काठमाडौं । भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको विज्ञप्तीले तताएको माहौल अझै सेलाएको छैन । प्रचण्ड र अमेरिकी राजदुत बीच वार्ता भएपछि यो विषयले झन माहौल तताएको छ ।

नेकपाका अध्यक्ष ल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ । भेटवार्ता पछि भेनेजुएला प्रकरणको समस्या हल भएको खबर बाहिर आएको छ । उनीहरुबीच शनिबार ‘वान टु वान’ भेटवार्ता भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पुुष्टि गरेका छन् ।

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि नेकपा मात्र होइन सरकारको समेत अमेरिकासँगको सम्बन्धमा असर पुगेको चर्चा भइरहेका बेला प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।

भेटमा प्रचण्डले आफूले कुन आशयमा विज्ञप्ती जारी गरेको भन्ने विषयमा जानकारी गराएका थिए । ‘नेपालस्थित् अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ’, उनले भने, ‘राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

भेटमा प्रचण्ड अमेरिका भ्रमण जाने प्लान समेत बनिसकेको छ । नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत दिइसकेको खुलासा गरे । पछिल्लो समय भेनुजएला काण्डले नेपाल–अमेरिका सम्बन्ध चिसिएको र प्रचण्डलाई अमेरिकाले भिसा नदिएको चर्चा चलेको थियो ।

भेनेजुएलामा जारी राजनीतिक संकटमा विषयमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्याण्डको डाओसमा भएको बेला विज्ञप्ति जारी गरेका थिए । उनको विज्ञप्तिका विषयमा अमेरिकाले चासो राख्दै सरकारको धारणा मागेको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले प्रचण्डकै आशयमा नरम भाषा प्रयोग गर्दै विज्ञप्ति जारी गरेको थियो । नेकपाको सचिवालयले पनि भेनेजुएलामा बाह्य हस्तक्षेप गर्न नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

तर, केहीदिनअघि बालुवाटारमा प्रधानमन्त्री ओलीसहितको सहभागितमा भएको कुटनीतिक नियोगका प्रमुखहरुसँगको ब्रिफिङमा राजदूत बेरी अनुपस्थित थिए । त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनी एउटा सार्वजनिक कार्यक्रममा सँगै देखिएका थिए ।

प्रचण्डसँगको भेटपछि सबै समस्या समाधान भएको नेताहरुले बताएका छन् । विज्ञप्तिकै कारण दुई अध्यक्षबीचको सम्बन्धमा पनि दरार आएको चर्चा चलेको थियो । यद्यपी, यस विषयमा शनिबार नै ओली र प्रचण्डबीच तीन घण्टा लामो कुराकानी भएर विषयलाई मत्थर बनाउने कोसिस गरिएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उनीहरुबीच कुरा भएको नेकपाका स्थायी समिति सदस्य पौडेलले बताए ।

यसअघि प्रधानमन्त्री केपी ओली र राजदुत बेरीबीच पनि मंगलबार भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अहिले चर्चामा रहेको भेनेजुएला प्रकरणबारे छलफल भएको बताइएको छ । बेरीले प्रधानमन्त्रीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएपछि प्रधानमन्त्रीले पनि नेपालको धारणा स्पष्टसँग राखेका थिए ।

भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको वक्तव्यमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएको आँकलन केहि मिडियाहरुले गरेका थिए । भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका वक्तव्यहरूको विषय पनि उठाएको बालुवाटार निकट स्रोतले बताएको छ ।

‘भेनेजुएला प्रकरण र नेपाल–अमेरिका सम्बन्धबारे प्रधानमन्त्रीज्यू र राजदूतबीच छलफल भयो, हिजोको भेटबाट नेपाल–अमेरिकाको सम्बन्धमा आएको चिसोपना मेटिएको छ’, स्रोतले भन्यो । प्रधानमन्त्री ओलीले नेपालले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाएका थिए ।

२०७५ माघ २७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...