News Portal

  • एक वर्षमा २ हजार भन्दा बढी बालबालिका बेपत्ता

    भूगोल संवाददाता
    २७ पटक

    काठमाडौं – मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

    केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको बताउनुभयो ।

    हराइरहेकामध्ये बालिका धेरै रहेको केन्द्रको तथ्यांकले देखाएको छ । तथ्यांकमा १ हजार ४ सय ९ जना बालिका मात्रै हराएको देखिएको छ । जसमध्ये १५ देखि १८ वर्ष उमेर समूहका बालिकाहरु बढी हराएको तथ्यांकले हदेखाएको छ ।

    पाँच वर्षसम्मका १३ जना, ६ देखि १० वर्षसम्मका ३३ जना, ११ देखि १४ वर्षसम्मका ४ सय ५ जना र १५ देखि १८ वर्ष उमेर सम्मका ९ सय ५८ गरी १ हजार ४ सय ९ जना बालिका मुलुकबाट बेपत्ता भएका छन् ।

    त्यस्तै पाँच वर्षसम्मका ३३ जना, ६ देखि १० वर्षसम्मका १ सय १३ जना, ११ देखि १४ वर्षसम्मका ५ सय २ जना र १५ देखि १८ वर्ष उमेरसम्मका २ सय ८४ गरी ९ सय २१ जना बालक हराइरहेको बताइएको छ ।

    धेरै बालबालिका हराउने प्रदेशमा पहिलो स्थानमा प्रदेश नम्बर ३ परेको छ । तथ्यांकअनुसार प्रदेश ३ बाट मात्रै ७ सय २ जना बालबालिका हराएका छन । ३ सय ८५ जना बालिकास प्रदेशबाट बेपत्ता भएका छन् भने ३ सय १७ बालक हराएको केन्द्रले जानकारी दिएको छ ।

    त्यस्तै धेरै बालबालिका हराइरहेको प्रदेशमध्ये दोस्रो स्थानमा प्रदेश नम्बर ५ परेको छ । प्रदेश ५ मा ३ सय ४१ जना बालबालिका हराइरहेका छन् । जसमा बालिका २ सय १२ र बालकको संख्या १ सय २९ रहेको छ ।
    केन्द्रले दिएको जानकारीअनुसार चालू आवको हालसम्म ७ सय २० जना मात्रै बालबालिका फेला परेको र बाँकीको खोजी भइरहेको छ ।

    २०७५ माघ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...