News Portal

  • गौशालाका गाई मृत्यु प्रकरणः २२ सय गाई मरेको छैन, पैसाको लोभले संख्या बढाइयो

    भूगोल संवाददाता
    २ पटक

    कैलाली – घोडाघोडी नगरपालिका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाईचढाई सार्वजनिक गरेको खुलासा भएको छ । २२ सयको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् ।

    ‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन् ।’

    गाउँका केही समूहले छाडा चौपाया पाल्न नगरपालिकासँग बजेट मागेका थिए । तर नगरपालिका आफैँ व्यवस्थापनमा जुटेपछि ती समूह असन्तुष्ट बनेका थिए । असन्तुष्ट समूहले समेत विभिन्न संस्थासँग मिलेर गाईको संख्या थप्दै अफवाह फैलाएको वडा नम्बर ४ का वडाध्यक्ष्य टेकबहादुर बुढाले बताए ।

    २०७५ माघ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...