News Portal

ओली र दाहालको झगडाले नेताहरुलाई तनाव

भूगोल संवाददाता
६२ पटक

काठमाडौं । सरकार र पार्टीको कार्यशैलीलाई लिएर सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको असन्तुष्टिले दोस्रो तहका नेताहरूलाई तनाव दिएको छ ।

पार्टी एकताको क्रममै अध्यक्षद्वय बीच झगडा पर्न थाले पछि तनावमा आएका दोस्रो तहका नेता मिलाउनका लागि दौडधूप गरिरहेका छन् । दुई अध्यक्ष बीच आएको फाटो मिलाउन तत्कालिन एमाले र माओवादीका दोस्रो तहका नेता लागिपरेका छन् ।दोस्रो तहका नेताको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष दाहालबीच शनिबार तीन घन्टा लामो भेटवार्तामा गतिरोध अन्त्य गर्ने सन्दर्भमा कुराकानी भएको नेकपाका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

भेनेजुएला प्रकरणमा अध्यक्ष ओलीले बुधबारको टेलिभिजन कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डलाई ‘चिप्लिएको’ प्रतिक्रिया दिएका थिए । शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचनको कार्यक्रममा सरकारको कार्यशैलीप्रति तीव्र विमति जनाउँदै प्रचण्डले ‘माओवादी सिध्याइयो नभन्ठानौँ, अर्को जन्मन्छ र झन् ठूलो द्वन्द्व हुने खतरा आउँछ’ भनेर जवाफ फर्काएपछि नेकपा वृत्तमा तरङ्ग उत्पन्न भएको थियो ।तर, शनिबारको बैठकले दुई अध्यक्षबीच तनाब कम गर्न सहयोग पुर्याएको पौडेलको भनाइ छ । “मिलेर जान दुई अध्यक्ष सहमत भइसक्नुभयो, असमझदारी लम्ब्याएर काम छैन,” पौडेलले भने ।

त्यस्तै, पूर्वएमालेका केही युवा नेताले पनि दुई अध्यक्षबीच बढेको अन्तरविरोधको समाधान खोज्न पहल थालेको एक नेताले जानकारी दिए ।“भेनेजुएला प्रकरणमा सचिवालयको वक्तव्य आइसकेको थियो, सरकारको धारणा पनि सार्वजनिक भइसकेको सन्दर्भमा प्रधानमन्त्रीले अलग्गै टिप्पणी गर्नुहुँदैनथ्यो, यसैमा अल्झिएर बस्नुहुँदैन, दुई अध्यक्ष मिलेर छिटो एकताको कोर्ष पूरा गर्नुपर्छ,” ती नेताले भने ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीले दुई अध्यक्षको सम्बन्धमा चिसोपना आएको नेकपाका एक नेता बताउँछन् ।“कसैसँग सरसल्लाह नगर्ने, साँघुरो घेरामा बस्ने प्रधानमन्त्रीको कार्यशैली छ, प्रचण्डलगायत पूर्वमाओवादी केन्द्र पंक्तिलाई पनि आफूहरूलाई माइनस गर्न खोजिएको लागेको हुन सक्छ,” नेकपाका दोस्रो तहका ती नेता दाबी गर्छन् ।

पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई अध्यक्ष नस्वीकारेको र सरसल्लाह समेत नगरेका कारण चिसोपना बढेको हुनसक्ने र दुई अध्यक्ष बसेर असमझदारी अन्त्य गर्नुपर्ने तर्क ती नेताको छ ।

२०७५ माघ २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...