News Portal

  • जनयुद्ध दिवस मनाउँदै नेकपा, देशभर सर्कुलर जारी

    भूगोल संवाददाता
    १३१ पटक

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ गते जनयुद्ध दिवस मनाउनले भएको छ । यसअघि माओवादी घटकहरुले विभिन्न कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाउँदै आएका थिए ।

    एमाले र माओवादीको एकताबाट बनेको नेकपाले पनि जनयुद्ध दिवस मनाउन लागेको हो । नेकपाले जनयुद्ध दिवसको अवसरमा शहीदको सम्मानमा देशभर कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको छ ।

    पार्टी महासचिव विष्णु पौडेलले सो सर्कुलर जारी गरेको नेकपा स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए । पार्टीभित्र सबै तहमा आन्तरिक रूपमा यो सर्कुलर पुगेको छ, हामी त्यसै अनुसार कार्यक्रमको तयारीमा लागेका छौं । उनले भने ।

    पछिल्लो समयमा पार्टीभित्र भेनेजुएला संकटलाई हेर्ने बारेमा आन्तरिक मतभेद देखिएको थियो । त्यससँगै संक्रमणकालीन न्यायका विषयमा पार्टीका अध्यक्ष प्रचण्ड संवेदनशील देखिएका छन् ।

    शुक्रवार काठमाडौं जिल्ला समन्वय समितिको हलमा आयोजित एक कार्यक्रममा रुकुमेलीहरूको बीचमा प्रचण्डले संक्रमणकालीन न्यायका विषयलाई गम्भीर रूपमा लिनुपर्ने र यदि त्यसो नगरेको खण्डमा झन् ठूलो माओवादी जन्मिन सक्ने भन्दै कडा भाषण गरेका थिए ।

    प्रचण्डको त्यो अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री केपी ओली विरुद्धमा लक्षित भन्दै विश्लेषण गरे । तर पार्टीभित्र कुनै समस्या नरहेको भन्दै महासचिव विष्णु पौडेलले चर्चामा आएको ओली प्रचण्ड मतभेदलाई न्यूनीकरण गर्न प्रयास गरे । त्यही सन्दर्भमा फागुन १ गते पार्टीले नै कार्यक्रम गरी देशभर जनयुद्ध दिवस निर्देशन दिँदै पौडेलले गरेको आन्तरिक सर्कुलेसनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    गत जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टीको घोषणा भएको थियो । १० वर्षे जनयुद्धको नेतृत्व गरेर आएको माओवादी र बहुदलदेखि नै संसदीय अभ्यास गरिरहेको एमालेबीच जनयुद्धलाई हेर्ने आधारभूत दृष्टिकोण पनि फरक छ ।

    महासचिवको आन्तरिक सर्कुलरले पार्टीलाई भावनात्मक रूपमा एक बनाउन मद्दत गर्ने नेकपाका एक नेता बताउँछन् । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो ।

    २०७५ माघ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...