News Portal

  • ३ वर्षीया बालिकाको अपहरण, अपहरणकारी पक्राउ

    भूगोल संवाददाता
    ७७ पटक

    काठमाडौं । दाङमा अपहरित ३ वर्षीया बालिकाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले दाङको साविक राँचुली गाविस–४ कालिकोट घर भई घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीको उद्धार गरेको हो ।

    अपहरण भएको दुई घन्टामै उद्धार गरेको दाङ प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) राम प्रसाद घर्ती मगरले जानकारी दिए । प्रहरीले घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुर चोकबाट बालिकाको उद्धार गरेको हो । अपहरणमा संलग्न घोराही उपमहानगरपालिका–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरी पक्राउ परेका छन् ।

    अपहरण गर्नुको कारण भने नखुलेको प्रहरीले बताएको छ । चौधरीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको डिएसपी घर्तीमगरले बताए ।

    २०७५ माघ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...