News Portal

  • सामुदायिक वनले आम्दानीको दस प्रतिशत स्थानीय तहलाई दिनुपर्ने

    भूगोल संवाददाता
    ५७ पटक

    काठमाडौं । सामुदायिक वनहरूले आफ्नो आम्दानीको दस प्रतिशत स्थानीय तहलाई दिनुपर्ने भएको छ। प्रतिनिधिसभाको कानुन समितिले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गर्दै सामुदायिक वनले स्थानीय तहलाई आय दिनुपर्ने व्यवस्था राखेको हो।

    सरकारले सामुदायिक वनको आयको पच्चिस प्रतिशत स्थानीय तहलाई बुझाउनुपर्ने गरी स्थानीय सरकार सञ्चालन ऐनमा संशोधन ल्याएको थियो। तर समितिले सरकारको प्रस्तावलाई परिमार्जन गर्दै दस प्रतिशत रकम मात्र दिए पुग्ने व्यवस्था गरेको हो।

    हालसम्म सामुदायिक वन उपभोक्ता समितिहरूले आफ्नो आय दिनुपर्ने कुनै कानुनी व्यवस्था छैन।नयाँ प्रावधान प्रतिनिधिसभा र राष्ट्रियसभाबाट कानुनको रूपमा आएपछि लागू हुनेछ।

    त्यस्तै, अबदेखि सामुदायिक वनहरूले आफ्नो वन पैदावर विक्री तथा उपयोगसम्बन्धी कार्ययोजना तयार गरी स्थानीय तहमा बुझाउनुपर्ने व्यवस्था समेत ऐनमा राखिने भएको छ। सरकारले स्थानीय तहको आयको स्रोतका रूपमा सामुदायिक वनहरूलाई समेत पहिचान गरपछि नयाँ व्यवस्था गरिएको हो।

    २०७५ माघ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...