News Portal

  • क–कसले पाउँछन् भत्ता ? पाउने प्रक्रिया के ?

    भूगोल संवाददाता
    ७१ पटक

    काठमाडौं । न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् ।

    न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको लाभग्राही परिचयपत्रमा भरिएको विवरणको आधारमा बेरोजगार व्यक्तिहरुको संख्या र न्यूनतम एकसय दिनमध्ये रोजगारी नपाएको बाँकी दिनको यकिन गरी भत्ता वितरण गरिने जनाइएको छ ।

    सरकारले बेरोजगार पहिचानका लागि रोजगार सेवा केन्द्रमार्फत स्थानीय तहभित्रका बेरोजगार व्यक्तिहरुलाई प्रत्येक वर्षको चैत महिनामा बेरोजगार दर्ताका निवेदन आह्वान गर्ने छ । स्थानीय तहभित्रका बेरोजगाज व्यक्तिको सूचीमा सूचीकृत हुन चाहेमा आफू स्थायी रुपमा बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहको रोजगार सेवा केन्द्रमा आह्वान गरिएअनुरुप बेरोजगार दर्ताको निवेदन दिनुपर्ने छ । रोजगार सेवा केन्द्रले प्राप्त निवेदनको १५ दिनभित्र छानबिन गरी बेरोजगार ठहरिएका व्यक्तिहरुको सूची तयार पारी गाउँपालिका वा नगरपालिकाको निर्णयबमोजिम रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी राखिने र सोही आधारमा भक्ता वा रोजगारीको व्यवस्था हुनेछ ।यो खबर आजको कारोबारका प्रकाशित छ ।

    २०७५ फागुन २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...