News Portal

  • बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य

    भूगोल संवाददाता
    ६० पटक

    भद्रपुर । मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो  ।अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन् ।

    गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन् । किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ । ‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘१२ सम्म पढाउँदा त यस्तो छ । अझ बढी पढाउने हो भने के होला !’

    कचनकवलका झन्डै सात सय मुस्लिम परिवारको कथा यस्तै छ । यो समुदायमा छोराभन्दा छोरीले बढी पढेका छन् । स्कुल जानेमा पनि छोरीकै संख्या ज्यादा छ । तर, यो आँकडाले समाजको वास्तविक चित्र देखाउँदैन । किनभने मुस्लिम महिलाले शिक्षा आर्जन गरे पनि त्यसको उपयोग गर्न पाउँदैनन् । घरबाहिर निस्केर काम गर्न सक्दैनन् । छोराहरू पाँच–छ कक्षामै स्कुल छोडेर विदेश वा व्यवसायमा लाग्छन् । गाउँमा पढेका केटा छैनन् । छोरीलाई बढी पढाए उनीहरूको स्तर सुहाउँदो जोडी भेटिँदैन । त्यसैले पढेका छोरीको विवाह कठिन हुन पुग्छ । याे समाचार राधा खनालले अन्नपूर्णमा लेखेकी छन् ।

    २०७५ फागुन २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...