News Portal

  • भ्रष्टाचारमा सरकारकाे कामभन्दा कुरा धेरै

    भूगोल संवाददाता
    ५५ पटक

    काठमाडौं – ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइ पछिल्लो समय बाक्लै सुनिन थालेको छ । दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सुरु भएको प्रधानमन्त्री ओलीको यो भनाइ आजपर्यन्त आइरहन्छ । तर, प्रधानमन्त्री ओलीले यसो भनिरहँदा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपाललाई सार्क राष्ट्रका आठमध्ये अफगानिस्तान र बंगलादेशपछि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा राखेको छ । यसैले होला, प्रधानमन्त्री ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २८ औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय मञ्चमा सो तथ्यांकले लाजमर्दो बनाएको प्रसंग ओकले ।

    विश्व आर्थिक मञ्चको हालै सम्पन्न सम्मेलनमा भाग लिन स्वीजरल्यान्ड (डाभोस) पुग्दा विश्वले सो तथ्यांकलाई इंगित गरेको प्रसंग सुनाउँदै प्रधानमन्त्री ओलीले आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् । ‘अब हामीले नेपाल सदाचार, पारदर्शी र भ्रष्टाचारमुक्त देश हो, त्यो साहसका साथ अन्तर्रा्ष्ट्रिय मञ्चमा उभिने वातावरण बनाउनुपर्छ,’ ओलीले भने ।

    भ्रष्टाचारमा शून्य सहनशीलताको नारा लगाएका प्रधानमन्त्री ओलीको इच्छा छ– हामीले हात फैलाउने होइन, अब सके अरूलाई दिन सक्ने बिन्दुमा पुग्नुपर्छ, त्यसका लागि भ्रष्टाचार अन्त्य हुन जरुरी छ । मुलुक अल्पविकसित हुनुमा पनि भ्रष्टाचार बढनु, सुशासन र पारदर्शी नहुनु मुख्य कारण भएको प्रधानमन्त्रीको भनाइ छ । याे समाचार प्रकाश तिमल्सिनाले नागरिकमा लेखेका छन् ।

    २०७५ फागुन २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...