News Portal

  • व्यापार मेलाको तयारी तीब्र, बजारबाट क्याम्पाडाँडा गएको ३० रुपैयाँ

    भूगोल संवाददाता
    १०८६ पटक

    मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको व्यापार मेलाको तयारी तीब्र रुपमा भइरहेको छ ।

    संघले यस वर्ष हेटौंडा ५ क्याम्पा डाँडा चौरमा मेला गर्न लागेको छ । मेलाको स्टल निर्माण कार्य अन्तिम चरणमा जनाइएको छ । स्टल निमार्ण व्यवस्थापन समितिका संयोजक विष्णुगोपाल महर्जनका अनुसार मेलामा स्पेशल स्टल र सामान्य स्टल निर्माण भइरहेको बताए ।

    नयाँ स्थानमा मेला हुने भएकोले सोह स्थानमा चलहपहल पनि बढीरहेको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए । उनले विभिन्न माध्यमद्धारा प्रचारप्रसारमा पनि तिव्र भइरहेको बताए । सञ्चार माध्यम र पर्चापम्लेट, यातायातको साधन, फ्क्लेस जस्ता प्रचार सामाग्री बनाएर प्रचारप्रसार गरिएको बताए ।

    हाल सम्म झण्डै ७० प्रतिशत स्टल बुकिङ भएको र बाँकी बुकिङ हुने क्रममा रहेको प्रवक्ता अधिकारीले बताए । हेटौंडा बजारबाट ३ किलोमिटर पर क्याम्पाडाँडामा मेला हुने भएकाले मेला हेर्न सहज होस भनि बजारको सिमाचोक, बुद्धचोक र मउवा संघको चोकबाट मेला स्थलसम्मको भाडादर समेत तोकिएको अधिकारीले बताए ।

    टेम्पो यातायात, अटो तथा ईरिक्सा संघ, मकवानपुर साझा यातायातले ३ स्थानबाट चढेको यात्रुको भाडा ३० रुपैयाँ तोकिएको अधिकारीले बताए । सम्बन्धी संघसंस्था संग बसेर छलफल पश्चात भाडादर ३० रुपैया गरिएको यातायात तथा पार्किङ व्यवस्थापन समितिका संयोजक रवि कंडेल शर्माले बताए । विभिन्न अटोहरुमा ३० रुपैया भाडादरको स्टिकर टासिने समेत शर्माले बताए ।

    २०७५ फागुन २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...