News Portal

  • हेटौँडाका युवा व्यवसायी श्रीवास्तव र धितालको निधन

    भूगोल संवाददाता
    २११० पटक

    मकवानपुर । मकवानपुरका दुई जना युवा व्यवसायीको निधन भएको छ । एकजनाको क्यान्सर र अर्कोकाको दुर्घटनामा परी निधन भएको
    हो ।

    निधन हुनेमा हेटौँडा जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष तथा ब्यवसायी रविन श्रीवास्तव रहेका छन् । फोक्सोको क्यान्सरको कारण उनको निधन भएको हो । काठमाण्डौँमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ ।

    फोक्सोको क्यान्सरको कारण उनी केहि समयबाट उपचार गराईरहेका थिए । उनको काठमाण्डौँ स्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको हेटौँडा जेसीजका अध्यक्ष सन्देश डिसिले जानकारी दिए ।

    यसैगरी हेटौंडाका अर्का युवा व्यवसायी बैकुष्ठ धितालको निधन भएको छ । पूर्वापश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको ईस्वरपुरमा भएको मोटरसाइकल दुर्घटनामा हेटौँडा–९ का धितालको मृत्यु भएको हो ।

    मोटरसाईकल र बस एक आपसमा ठोकिदा उनको निधन भएको जनाइएको छ । हेटौडा बाट पूर्व जाँदै गरेको बा ३० प २४१९ नम्वरको मोटर साइकल र काँकडभिट्टा बाट काठमाडौ जाँदै गरेको ना ४ ख ६७३० नम्वरको बसमा ठोकिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाईते भएका धितालको उपचारको लागी मलङ्गवा अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरी कार्यालय सर्लाहिका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।

    २०७५ फागुन २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...