News Portal

डिग्री पढेर कुखुरा पाल्न थालेका श्रेष्ठ भन्छन्ः जागिर नै खानु पर्छ भन्ने छैन्

भूगोल संवाददाता
६६ पटक

प्रदेश नं ३, मकवानपुर । ग्रामीण विकासमा डिग्रीको प्रमाणपत्र हातमा लिएर हेटौंडा १५ रातोमाटेका रोमी श्रेष्ठले पोल्ट्री व्यवसाय सञ्चालनमा व्यस्त छन् । अध्ययन गरेर जागिर खानै पर्छ भन्ने मान्यतालाई चिर्दे श्रेष्ठ कुखुरा व्यवसायमा लागेका हुन् । उनले शैक्षिक बेरोजगार युवाहरुलाई इच्छा शक्ति भए जागिर नै खानु पर्दैन भन्ने शिक्षा दिएका छन् ।

२०७२ सालको बैशाखदेखि हेटौंडा १५ मै ६० वटा बोइलर कुखुराका चल्ला बाट पोल्ट्री व्यवसाय सुरु गरेका श्रेष्ठसँग अहिले विभिन्न प्रजातीका कुखुराहरु छन् । २५ हजार रुपैयाँको लगानीमा श्रेष्ठ पोल्ट्री फर्म खोलेका उनीसँग अहिले लोकल कुखुरा, टर्की, सिल्की, खरायो, बट्टाई लगायतका कुखुराका विभिन्न प्रजातीहरु उपलब्ध छन् । देशमा कृषिको अवस्था दयनीय रहेकोले आफूले केही योगदान गर्न सकिन्छ कि भन्ने लागेर यो व्यवसाय सुरु गरेको उनी बताउँछन् ।

सानो लगानीबाट व्यवसाय सुरु गरेको भएपनि अहिले उनले आफ्नो व्यवसायलाई निकै व्यवस्थित बनाएका छन् । ३२ वर्षिय श्रेष्ठले चल्ला पनि सप्लाई गर्ने गरेका छन् । दानाको सब–डिलर पनि चलाइरहेका छन् । किसानलाई केही पैसा सस्तो परोस् भनेर दानाको सब–डिलर पनि संचालन गरेको उनले बताए । यस व्यवसायमा आउनु अघि उनी सांगितिक क्षेत्रमा क्रियाशिल थिए । त्यसपछि १६ वर्ष उनले एकाउन्ट सम्बन्धी काम गरे । तर, अहिले सबै त्यागेर उनी पोल्ट्री व्यवसायमा सक्रिय छन् । मिहेनत गर्न सके पोल्ट्री व्यवसायको बजार राम्रो रहेको उनी बताउँछन् । ‘ओछ्यानमा सुतेर हुँदैन, संघर्ष गरे राम्रो हुन्छ । ’ उनले भने ।

पुर्खौली २ कठ्ठा जमिनमा श्रेष्ठले विभिन्न प्रजातीका कुखुराको फार्म बनाएका छन् । त्यहीँबाट उनले मासिक पचास हजारदेखि एक लाखसम्म आमदानी गरिरहेका छन् । बुझेर लाग्ने हो भने, दशदेखि बाह्र लाखसम्मको लगानीबाट मासिक एक लाखसम्म आमदानी गर्न गाह्रो नभएको उनी बताउँछन् । अबको ३ महिनादेखि ६ महिनाभित्रमा पौने ३ बिगाहाको क्षेत्रफलमा रहेको पुर्खौली जग्गामा उनले लोकल कुखुरा, टर्की , हाँस, बट्टाई , फेन्सी कुखुराहरु, खसिबाख्राको लागि फार्म एवं खोर बनाउदै छन् ।

मिलेसम्म त्यहीँ उनले व्यवसायीक घाँस खेती गर्ने समेत बताए । कृषि र पर्यटन क्षेत्रमा युवाको निकै सम्भावना रहेको उनको भनाई छ । राज्यले यस क्षेत्रमा लाग्न चाहने युवाहरुलाई अनुदान भन्दा पनि कम ब्याजमा ऋण उपलब्ध गराए राम्रो हुने उनले बताए । प्राविधिक विषयहरुलाई प्राथमिकतामा राखेर सरकारले युवा लक्षित थप कृषिका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको उनी बताउँछन् । ‘हामी जस्तै डिग्री अध्ययन गरेर यस क्षेत्रमा लाग्न चाहने युवाहरुलाई सरकारले प्रमाण पत्र धितो राखेर ऋण दिनुपर्छ, लगानी गर्नुपर्छ । ’ उनले भने ।

यस क्षेत्रमा लाग्ने चाहने नयाँ पुस्ताहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनले बताए । देशमा बेरोजगारी न्यूनिकरण गर्न सरकारले कृषि र पर्यटन क्षेत्रमा युवाको मोह बढाउन आवश्यक रहेको बताए । उनी यसै क्षेत्रमा अझै अब्बल हुनको लागि भेटनरीको डिप्लोमा समेत अध्ययन गरिरहेका छन् ।

२०७५ पुष १७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...