News Portal

विश्वका १० उत्कृष्ट घुम्नलायक शहरहरुको सूचीमा काठमाडौं पाचौं स्थानमा

भूगोल संवाददाता
१५२ पटक

काठमाडौँ । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ ।लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ ।सन् २०१५ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौं विस्तारै पुरानै अवस्थामा फर्किन थालेको लोन्ली प्लानेटले लेखेको छ ।यस्तै क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरिएको छ ।

साथै काठमाडौंमा हटेको हर्नको समस्यालाई पनि उसले आकर्षणको रुपमा चित्रित गरेको छ । ध्वनि प्रदुषण रोकेर काठमाडौंलाई दशकौं यताकै बस्न योग्य बनाइएको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।साथै भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको उसले भनेको छ ।

यस्तै पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्रिएको छ । यसको सफल प्रयोग भेरी-बबई बहुउद्देश्यीय आयोजनामा पहिलोपटक गरिएको छ ।आयोजनाको बाँधस्थलको पानीको गहिराइ नाप्न उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजना प्रमुख सन्जिब बरालले जानकारी दिए ।

अन्य बिकसित मुलुकहरुमा प्रयोग हुँदै आएको यो प्रविधि नेपालमा भने पहिलो पटक परामर्शदातृ संस्था इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेज प्रा.लि.ले भित्राएको हो ।संस्थाका प्रवन्ध निर्देशक अनुप खनालको अनुसार यो मेसिनले डी.जी.पी.एस. प्रविधिमा काम गर्ने भएकाले यसले गर्ने नाप जाँच अत्यन्तै विश्वासिलो हुनेछ ।

यो मेसिनलाई डुंगा वा र्‍याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी तथा तालहरुको गहिराइ नाप्न सकिने खनालले बताए ।‘विदेशतिर समुद्रहरुमा पानीजहाजको मोनिटरिङ गर्न यो प्रविधि प्रयोग हुन्छ । नेपालमा भने हामीले पहिलोपटक भित्राएका हौं,’ खनालले भने ।

यसअघि इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेज प्रा.लि.ले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि निर्माण गरेको थियो ।खोलाको सेडिमेन्टसमेत नाप्न सकिने यो प्रविधिलाई ३३५ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला हाइड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको छ ।

२०७५ फागुन ५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...